नियम ५१
दुर्घटनाको जाँचबुझ
: (१)  नियम ५० बमोजिम कुनै श्रमिक दुर्घटना परेको सूचना प्राप्त भएमा कार्यालयले निरीक्षकलार्इ जाँचबुझ अधिकारी तोकी सो सम्बन्धमा आवश्यक छानबिन वा जाँचबुझ गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम तोकिएको जाँचबुझ अधिकारीको काम, कर्तव्य देहाय बमोजिम हुनेछ:-
(क) घटनास्थल वा सम्बन्धित व्यक्तिसँग आवश्यक विवरण बुझ्ने, आवश्यक प्रमाण सङ्कलन गर्ने, आवश्यक कागजात पेश गर्न लगाउने, सोधपुछ गर्ने,
(ख) कुनै पदार्थ वा उत्पादन प्रक्रियाको परीक्षण गर्नुपर्ने देखिएमा सोको  अवश्यकता अनुसार नमूना सङ्कलन समेत गरी विशेषज्ञबाट  परीक्षण गराउने,
(ग)    खण्ड (क) र (ख) बमोजिमको कार्य सम्पन्न गरी निर्धारित अवधिभित्र कार्यालय समक्ष प्रतिवेदन पेश गर्ने ।